Acts 10:2 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनी परमेश्वरका भक्त थिए। उनी र उनको परिवार परमेश्वरको डर राख्ने मानिसहरू थिए। उनले खाँचोमा परेका मानिसहरूलाई उदार चित्तले सहायता गर्थे र सधैँ परमेश्वरसँग प्रार्थना गर्थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनी ईश्वरभक्त थिए, र तिनी र तिनको सारा परिवारले परमेश्वरको भय मान्थे। तिनले मानिसहरूलाई उदारतासाथ दान दिई परमेश्वरलाई सधैँ प्रार्थना गर्थे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनी परमेश्वरका भक्ति गर्ने मानिस थिए। तिनी र तिनका सारा परिवारले परमेश्वरको डर मान्थे। तिनले उदारताका साथ मानिसहरूलाई दान दिन्थे र परमेश्वरलाई निरन्तर प्रार्थना गर्नेगर्थे।
Nepali ERV (पवित्र बाइबल)
कर्नीलियस एक जना धार्मिक मानिस थिए। उनी र अन्य मानिसहरू जो उनकै घरमा बस्थे साँचो परमेश्वरलाई आराधना गर्थे। उनले गरीबहरूलाई यथाशक्य पैसा-रूपिया दिन्थे कर्नीलियसले नित्य परमेश्वरको प्रार्थना गर्थे।
Nepali Tamang 2011
थेसे परमेश्वरदा तेन्मुबा, ओच्छे थेदेन थेला दिमला जम्मान म्हिगदेसे परमेश्वरसे कुल्बा ताम ङ्यान्मुबा। थेसे आरेबागदेदा ज्यबा सेमसे पिन्मुबा। ओच्छे परमेश्वरदेन छ्याम सदन प्रार्थना लमुबा।