Acts 10:22 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले भने, “कप्तान कर्नेलियसले हामीलाई पठाउनुभएको हो। उहाँ असल र परमेश्वरको डर मान्ने मानिस हुनुहुन्छ। उहाँलाई यहूदी जातिहरूले पनि आदर गर्छन्। एउटा पवित्र स्वर्गदूत उहाँकहाँ देखा परे अनि तपाईंलाई उनको घरमा बोलाएर तपाईंका उपदेश सुन्ने आज्ञा स्वर्गदूतले दिनुभएको छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले भने, “एक जना कप्तान कर्नेलियस, जो सोझा र परमेश्वरसँग डराउने र सारा यहूदी जातिबाट सम्मान पाएका व्यक्ति हुनुहुन्छ, तपाईंलाई उहाँको घरमा बोलाइपठाउने र तपाईंबाट सन्देश सुन्नू भनी एउटा पवित्र स्वर्गदूतबाट उहाँलाई आदेश मिलेको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती मानिसहरूले जवाफ दिए, “सेनापति कर्नेलियसले पठाएर हामी आएका हौँ। उहाँ धर्मी र परमेश्वरको भय मान्ने मानिस हुनुहुन्छ, उहाँलाई सबै यहूदीहरूले सम्मान गर्छन् र एक जना पवित्र स्वर्गदूतले तपाईंलाई उहाँको घरमा बोलाउन आदेश भयो, ताकि तपाईंका कुरा सुन्न सकून्।”
Nepali ERV (पवित्र बाइबल)
ती मानिसहरूले भने, “कर्नीलियस एक सैनिक अधीकारी हुन्। उनी धार्मिक प्रवृतिका मानिस हुन् उनी परमेश्वरको आराधना गर्दछन्। सम्पूर्ण यहूदीहरूले उहाँलाई सम्मान गर्दछन्। एक पवित्र स्वर्गदूतले उहाँको घरमा तपाईंलाई निमन्त्रणा गर्नु भन्नु भएथेयो ताकि उहाँले तपाईंबाट केही सन्देशहरू सुन्न सकुन्।”
Nepali Tamang 2011
थेनीगदेसे पत्रुसदा “कर्नेलियस भिबा कप्तानसे ङन्दा पुइखबा हिन्ना। थे ज्यबा म्हिदेन परमेश्वरदा तेन्बा म्हि हिन्ना, ओच्छे यहूदीगदे जम्मासेन थेदा मान लमुला। थेला दिमरी ह्राङदा ङ्योइसी ह्राङसे सुङ्बा ताम ङ्यान्गो भिसी परमेश्वरला स्वर्गदूतगदे गिकसे कुल्बा मुला” भिसी भिजी।