Acts 10:23 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो सुनेर पत्रुसले ती मानिसहरूलाई भित्र लगेर स्वागत-सत्कार गरे। तिनीहरू त्यस रात त्यहीँ नै बसे। भोलिपल्ट पत्रुस र योप्पामा भएका प्रभुमा विश्वास गर्ने केही दाजुभाइहरू ती मानिसहरूसँगै गए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनले तिनीहरूलाई भित्र बोलाएर तिनीहरूको सत्कार गरे। भोलिपल्ट पत्रुस उठेर तिनीहरूसँग गए, र योप्पाका कतिपय भाइहरू तिनको साथ लागे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि पत्रुसले ती मानिसहरूलाई पाहुनाका रूपमा स्वागत गर्दै घरभित्र सत्कार गरे। अर्को दिन पत्रुसले तिनीहरूसँग आफ्नो यात्रा सुरु गरे, र योप्पाका केही दाजुभाइ-दिदीबहिनीहरू पनि तिनीसँगै गए।
Nepali ERV (पवित्र बाइबल)
पत्रुसले तिनीहरूलाई भित्र आउने र आज राती त्यही बस्ने आग्रह गरे। अर्कोदिन पत्रुस तयार भएर ती तीनजना मानिसहरूसंग गए। केही जोप्पाका चेलाहरू पनि पत्रुससंग गए।
Nepali Tamang 2011
थेतबासेलमा थेनीगदेदा न्हङरी ङ्योइसी पत्रुससे थेनीगदेदा क्योङ्जी। न्हङगरदङ पत्रुस थेनीगदेदेन छ्याम निजी, ओच्छे येशूदा विश्वास लबा योप्पा शहररी मुबा कोइ कोइ म्हिगदेएनोन थेदेन छ्याम निजी।