Acts 10:24 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पर्सिपल्‍ट तिनीहरू कैसरियामा आइपुगे। कर्नेलियसले चाहिँ आफ्‍ना इष्‍टमित्रहरूलाई निम्‍त्‍याएर पत्रुसको बाटो हेरिरहेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पर्सिपल्‍ट तिनीहरू कैसरिया पुगे। आफ्‍ना कुटुम्‍बहरू र घनिष्‍ठ मित्रहरूलाई बोलाएर जम्‍मा गरी कर्नेलियस तिनीहरूको बाटो हेरिरहेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
भोलिपल्ट तिनी कैसरिया पुगे। कर्नेलियस तिनीहरूका बाटो हेरेर बसिरहेका थिए। अनि तिनको स्वागत गर्न आफ्ना नातेदारहरू र घनिष्‍ठ मित्रहरूलाई पनि बोलाएका थिए।
Nepali ERV (पवित्र बाइबल)
अर्कोदिन तिनीहरू सिजरिया भन्ने शहरमा आइपुगे। कर्नीलियसले तिनीहरूलाई र्पखिरहेका थिए। उनले पहिल्यैबाट आफ्ना सन्तानहरू र आफ्ना साथीहरूलाई घरमा भेला गरिसकेका थिए।
Nepali Tamang 2011
रेनीदङ थेनीगदे कैसरिया भिबा ग्‍लारी धोजी। कर्नेलियससे चा ह्राङला म्‍हिगदेदेन ह्राङदेन छ्‌याम ढिक्‍बा ह्रोगदेदा ङ्‌योइसी थेनीगदेला ग्‍याम च्‍यासी चिबा मुबा।