Acts 10:28 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पत्रुसले तिनीहरूलाई भने, “हामी यहूदीहरूलाई अरू जातिका मानिससँग सङ्गत गर्न वा भेटघाट गर्न हाम्रो धर्मले दिँदैन भन्‍ने कुरा तपाईंहरू सबैलाई थाहै छ। तर कुनै पनि मानिसलाई अशुद्ध ठहराउनुहुँदैन भनेर अब परमेश्‍वरले मलाई देखाउनुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब पत्रुसले तिनीहरूलाई भने, “अरू जातिसँग सङ्गत गर्नु, अथवा तिनीहरूलाई भेटघाट गर्नु एक यहूदीको लागि कति अनुचित हो भन्‍ने कुरा तपाईंहरूलाई थाहै छ, तापनि परमेश्‍वरले मलाई कुनै मानिसलाई अपवित्र अथवा अशुद्ध नठान्‍नू भनी देखाउनुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले तिनीहरूलाई भने: “तपाईंहरू सबै यो कुरा जान्‍नुहुन्छ, कि एउटा यहूदीले गैरयहूदीसँग सङ्गत गर्नु वा उसको घरमा जानू हाम्रो व्यवस्थाविरुद्ध हो। तर कुनै पनि मानिसलाई मैले अपवित्र वा अशुद्ध भन्‍नुहुँदैन भनेर परमेश्‍वरले मलाई देखाउनुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
उनले तिनीहरूलाई भने, “तिमीहरूले जान्दछौ कि यहूदी भएर अरू वंशका मानिसहरूसंग यसरी संगत गर्नु अथवा मानिसहरूकोमा जानु यहूदीहरूको व्यवस्थाको विरुद्ध हो। तर परमेश्वरले मलाई देखाई सक्नु भएको छ कि मैले कसैलाई ‘अपवित्र’ अथवा ‘अशुद्ध’ भनेर भन्नु हुँदैन।
Nepali Tamang 2011
पत्रुससे थेनीगदेदा चुह्रङ् भिसी भिजी, “ङनी यहूदीगदेला ठिमसे अर्गु य्‍हुलला म्‍हिगदेदेन छ्‌याम ह्रुप तबारी आपिन्‍मुला भिबा ताम ह्राङनीदा थानोन मुला, तर परमेश्‍वरसे ङादा खजिबै म्‍हिदा नइबादेन गे आखेल्‍बा थाम्‍हन्‍गो भिसी उन्‍बा मुला।