Acts 10:3 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एक दिन कर्नेलियसले दिउँसो तीन बजेतिर दर्शनमा स्‍पष्‍टसँग परमेश्‍वरको एउटा स्‍वर्गदूतलाई देखे। स्‍वर्गदूतले कर्नेलियसलाई भने, “ए कर्नेलियस!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले दिउँसो तीन बजेतिर दर्शनमा स्‍पष्‍ट रूपले परमेश्‍वरका एउटा स्‍वर्गदूत आफूतर्फ आएर यसो भनिरहेका सुने, “कर्नेलियस!”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एक दिन अपरान्ह तीन बजेतिर उनले एउटा दर्शन देखे। परमेश्‍वरका एक जना स्वर्गदूत आएर उनलाई “कर्नेलियस!” भनेर बोलाए।
Nepali ERV (पवित्र बाइबल)
एक पल्ट अपरान्ह तीन बजेतिर, कर्नीलियसले स्पष्ट एउटा दर्शन देखे। त्यहाँ तिनले एक स्वर्गदूत आफूतिरै “कर्नीलियस!” भन्दै आइरहेको देखे।
Nepali Tamang 2011
तिरेकुनु थेसे धिनना तीन बजेरीक्‍यार प्रार्थना लबा धुइरी परमेश्‍वरला स्‍वर्गदूत गिक ह्राङ मुबा ग्‍लारी खबा म्राङ्जी। ओच्‍छे स्‍वर्गदूतसे थेदा “कर्नेलियस!” भिसी ङ्‌योइबा थेःजी।