Acts 10:4 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
डरले स्‍वर्गदूतलाई हेरेको हेरेकै भएर कर्नेलियसले भने, “आज्ञा होस् हजुर!” स्‍वर्गदूतले भने, “तिम्रा प्रार्थनाहरू र तिमीले गरीबहरूलाई गरेको दयाका कामहरू परमेश्‍वरकहाँ पुगेका छन्। यी सबैको उहाँले याद राख्‍नुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भयभीत भएर तिनले उनलाई नियालेर हेरे र भने, “प्रभु, भन्‍नुहोस्‌।” अनि उनले तिनलाई भने, “तिम्रा प्रार्थना र गरीबहरूलाई दिएका दान सम्‍झनाको रूपमा परमेश्‍वरको सामने पुगेका छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
भयभीत हुँदै कर्नेलियसले स्वर्गदूतलाई एक टकले हेरे, र तिनले सोधे, “प्रभु, यो के हो?” स्वर्गदूतले जवाफ दिए, “कर्नेलियस, परमेश्‍वरले तिम्रो प्रार्थना सुन्‍नुभएको छ र तिम्रो दानलाई सम्झनुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
कर्नीलियसले स्वर्गदूतलाई डराएर हेरे अनि भने, तपाईं के चाहनु हुन्छ, प्रभु?” स्वर्गदूतले भने, “परमेश्वरले तिम्रो प्रार्थना सुन्नु भयो अनि गरीब, दुःखीहरूप्रति गरेको दया देख्नु भयो। परमेश्वरले तिम्रो सम्झना गर्नु हुँदैछ।
Nepali Tamang 2011
जमाहेन्‍से कर्नेलियस लोङ्सी स्‍वर्गदूतदा ज्‍यना लसी च्‍यासी, “प्रभु, सुङ्‍गो” भिसी भिमा, स्‍वर्गदूतसे थेदा चुह्रङ् भिसी भिजी, “एसे लबा प्रार्थनादेन एसे प्राङबोगदेदा दया लसी चबा थुङ्बारी पिन्‍बा जम्‍मान गे परमेश्‍वरदा फुल्‍बा भेटी ह्रङ्‌बान दोबा मुला।