Acts 10:41 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सबैकहाँ त उहाँ देखा पर्नुभएन, तर उहाँ बिउँतनुभएपछि उहाँसँगै खानपिन गर्ने हामीसँग देखा पर्नुभयो किनभने परमेश्वरले हामीलाई यो घटनाको साक्षी बनाउन अघिबाटै चुन्नुभएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सबै मानिसलाई होइन, तर हामी जसलाई परमेश्वरले साक्षीको रूपमा छान्नुभयो, र उहाँ मृतकबाट जीवित हुनुभएपछि हामीले उहाँसँग खानपान गर्यौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सबै मानिसहरूले उहाँलाई देख्न सकेनन्, तर साक्षी हुनका निम्ति परमेश्वरले पहिल्यै छनौट गर्नुभएको हामी जस्ताले उहाँलाई देख्यौँ, येशू जीवित पारिनुभएपछि उहाँसँगै हामीले खानपिन गर्यौँ।
Nepali ERV (पवित्र बाइबल)
तर येशूलाई सबै मानिसहरूले देख्न सकेनन्। जजसलाई परमश्वरले गवाहीको रूपमा छान्नु भएको थियो तिनीहरूले मात्र येशूको दर्शन पाए। हामी ती गवाहीहरू हौं उहाँ मृत्युबाट बौरे पछि हामीले येशूसंगै खाना-पिना गर्यौं।
Nepali Tamang 2011
थेदा जम्मान म्हिसे मी म्राङ्आम्याङ्नी, तर थे सिबाग्याम सोमाहेन्से थेदेन छ्यामनोन चबा थुङ्बा लसी भ्रबा म्हि ङन्से जे म्राङ्जी। चुनोन ताम उन्बाला लागिरी ङाच्छान परमेश्वरसे ङन्दा धम्बा हिन्ना।