Acts 10:7 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यति भनेर स्वर्गदूत कर्नेलियसबाट बिदा भए। त्यसपछि कर्नेलियसले आफ्ना दुई नोकर र परमेश्वरलाई मान्ने एउटा सिपाहीलाई बोलाए। त्यो सिपाहीले चाहिँ सधैँ कर्नेलियसको सेवा-टहल गर्दथ्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब तिनीसँग बोल्ने स्वर्गदूत बिदा भए, तब तिनले आफ्ना नोकरहरूमध्ये दुई जना र निरन्तर तिनको सेवा-टहल गर्ने एक जना भक्त सिपाहीलाई बोलाए,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब आफूसँग कुरा गर्ने ती स्वर्गदूत बिदा भए, तब कर्नेलियसले आफ्ना दुई जना सेवकहरू र एक जना परमेश्वरको भक्त सिपाहीलाई बोलाए, जो उनको कर्मचारी पनि थियो।
Nepali ERV (पवित्र बाइबल)
कर्नीलियससंग बोल्ने स्वर्गदूत गए कर्नीलियसलले आफ्ना दुइजना नोकरहरू र एकजना सिपाहीलाई बोलाए। त्यो सिपाही धार्मीक प्रवृतिका मानिस थिए। तिनी कर्नीलियसको मानिसगत सहयोगी थियो।
Nepali Tamang 2011
ओते पाङ्माहेन्से स्वर्गदूत कर्नेलियस मुबाग्याम फेसी निजी। जमाहेन्से कर्नेलियससे ह्राङला नोकरगदे न्हङला नोकर न्हीदेन सदन ह्राङदा क्योङ्बा ओच्छे परमेश्वरदा तेन्बा सिपाही गिकदा ङ्योइजी।