Acts 10:9 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भोलिपल्ट दिउँसो बाह्र बजेतिर तिनीहरू योप्पा सहरको नजिक आइपुगे। त्यति बेला पत्रुस घरको छतमा प्रार्थना गर्न उक्ले।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भोलिपल्ट तिनीहरू आफ्नो यात्रामा त्यस सहरको नजिक आइपुग्दा, दिउँसो बाह्र बजेतिर पत्रुसचाहिँ प्रार्थना गर्न घरको कौसीमा उक्ले।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसको भोलिपल्ट जब तिनीहरू आफ्नो यात्राको अन्तिम चरणमा सहरको नजिकै पुगिरहेका थिए, तब पत्रुस घरको कौसीमा प्रार्थना गर्न गए।
Nepali ERV (पवित्र बाइबल)
अर्को दिन ती तीनैजना जोप्पा शहर नजीक आईपुगे। त्यसबेला पत्रुस छानामाथि प्रार्थना गर्न भनी गए। त्यो मध्याह्रको बेला थियो।
Nepali Tamang 2011
न्हङगरदङ थेनीगदे निबान लबा धुइरी धिनना बाह्र बजेरीक्यार योप्पा शहरला ङामरी धोखमा पत्रुस चा प्रार्थना लबारी दिमला कौसीरी निजी।