Acts 11:17 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामीले प्रभु येशू ख्रीष्‍टमा विश्‍वास गर्‍यौं र परमेश्‍वरबाट पवित्र आत्‍मा पायौं। त्‍यसै गरी ती अन्य-जातिहरूले पनि उहाँमाथि विश्‍वास गरेर उहाँबाट नै पवित्र आत्‍मा पाए। यसरी परमेश्‍वर आफैंले पवित्र आत्‍मा दिनुहुन्‍छ भने मैले उहाँलाई कसरी रोक्‍ने?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
प्रभु येशू ख्रीष्‍टमाथि विश्‍वास गर्दा परमेश्‍वरले हामीलाई जुन वरदान दिनुभयो, तिनीहरूलाई पनि त्‍यही वरदान दिनुभएपछि परमेश्‍वरलाई रोक्‍न सक्‍ने म को हुँ र?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसैले प्रभु येशू ख्रीष्‍टमा विश्‍वास गर्ने हामीहरूलाई दिएकै वरदान, यदि परमेश्‍वरले तिनीहरूलाई पनि दिनुभयो भने परमेश्‍वरको इच्छाविरुद्ध जान खोज्ने म को हुँ र?”
Nepali ERV (पवित्र बाइबल)
प्रभुले ती मानिसहरूलाई त्यही उपहार दिनु भयो जुन हामीलाई दिनुभएको थियो जसले प्रभु येशू ख्रीष्टमाथि विश्वास गरे। तब म को हुँ परमेश्वर को काम बन्द गर्ने?”
Nepali Tamang 2011
प्रभु येशू ख्रीष्‍टदा विश्‍वास लमाहेन्‍से परमेश्‍वरसे य्‍हाङदा मोलम पिन्‍जी, थेनोन मोलम परमेश्‍वरसे थेनीगदेदाएनोन पिन्‍जी भिसम परमेश्‍वरदा रोकब लबा ङा खाल हिन्‍ना?”