Acts 11:18 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो कुरा सुनेपछि प्रभुमा विश्‍वास गर्ने यहूदी दाजुभाइहरूले पत्रुसलाई दोष लगाउन छोडे र “परमेश्‍वरतिर फर्कने र बाँच्‍ने मौका अरू जातिका मानिसहरूलाई पनि दिनुभएछ,” भनेर परमेश्‍वरको प्रशंसा गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यी कुरा सुनेपछि तिनीहरू चूप भए, र यसो भन्‍दै तिनीहरूले परमेश्‍वरको महिमा गरे, “अब त परमेश्‍वरले अन्‍यजातिहरूलाई पनि जीवनको निम्‍ति पश्‍चात्ताप दिनुभएछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यस्तो सुनेपछि तिनीहरूले कुनै विवाद गरेनन्, र परमेश्‍वरको प्रशंसा गर्दै यसो भने, “त्यसो भए, गैरयहूदीहरूलाई पनि जीवनको निम्ति परमेश्‍वरले पश्‍चात्ताप दिनुभएछ।”
Nepali ERV (पवित्र बाइबल)
जब यहूदी विश्वासीहरूले यी कुराहरू सुने, तिनीहरूले र्तक गर्न छाडे। तिनीहरूले परमेश्वरको प्रशंसा गरे र भने, “तब परमेश्वरले गैर-यहूदीहरूलाई पनि हृदय परिवर्तन गर्ने अनि हाम्रो जस्तै जीवन प्राप्त गर्ने अनुमति दिनु भयो।”
Nepali Tamang 2011
चु ताम थेःमाहेन्‍से थेनीगदेसे बिरोध लबा ख्‍लाजी, जमाहेन्‍से थेनीगदेसे परमेश्‍वरदा जयजयकार लजी, ओच्‍छे “दाहेन्‍से परमेश्‍वरसे अर्गु य्‍हुलला म्‍हिगदेदाएनोन ह्राङ ह्राङला पाप ख्‍लासी परमेश्‍वरपट्टि दोःसी सोबा मौका पिन्‍बा मुला” भिसी भिजी।