Acts 11:19 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
स्तिफनसलाई मारेपछि प्रभु येशूमा विश्वास गर्नेहरूलाई खेदो भएको हुनाले धेरै जना भागे र कति जना फोनिके क्षेत्रमा पुगे, कति जना साइप्रस टापू र कति जना एन्टिओखिया सहरसम्म पनि पुगे। सुरुमा तिनीहरूले सुसमाचार खालि यहूदीहरूलाई सुनाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
स्तिफनसको सम्बन्धमा सुरु भएको सतावटको कारण जताततै छरपष्ट भएकाहरूले अरूलाई होइन, तर यहूदीहरूलाई मात्र वचन प्रचार गर्दै, फोनिके, साइप्रस र एन्टिओखियासम्म यात्रा गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
स्तिफनसमाथि गरिएको अत्याचारको कारणले तितरबितर भएकाहरूले आफ्ना यात्राका क्रममा यहूदीहरूलाई मात्र सुसमाचारको प्रचार गर्दै फोनिके, साइप्रस र एन्टिओखियासम्म पुगे।
Nepali ERV (पवित्र बाइबल)
स्तिफनस मारिए पछि खेदो शुरू गरिएको कारणले विश्वासीहरू चारै तर्फ छरपष्ट भए। कतिपय विश्वासीहरू फोनिसिया, साइप्रस र इन्टिओक जस्ता टाढा-टाढा ठाउँहरूमा गए। तर तिनीहरूले यहूदीहरूलाई मात्र सुसमाचार भने।
Nepali Tamang 2011
स्तिफनसला बारेरी खबा दुखसे लमा ससा बङबङ तबागदेसे स्य्हान्दोगदेदा आहिन, तर यहूदीगदेदा जे थार्बा पिन्बा समाचार थेःना लबान, फोनिके भिबा ग्लादेन साइप्रस भिबा ग्ला ओच्छे एन्टिओखिया भिबा शहरधोना निजी।