Acts 11:20 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर पछि साइप्रस टापु र कुरेनी देशबाट आएका प्रभु येशूका केही चेलाहरूले चाहिँ एन्‍टिओखियामा आएर अरू जातिका मानिसहरूलाई पनि शिक्षा दिँदै प्रभु येशूको बारेमा सुनाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिनीहरूमध्‍ये कोही-कोही साइप्रस र कुरेनीका मानिसहरू थिए। तिनीहरूले एन्‍टिओखियामा आएर ग्रीकहरूलाई पनि प्रभु येशू प्रचार गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूमध्ये कति मानिसहरूचाहिँ साइप्रस र साइरिनीका थिए। तिनीहरूचाहिँ एन्टिओखिया गए, र ग्रीक बोल्ने यहूदीहरूमा पनि प्रभु येशूको बारेमा सुसमाचार प्रचार गर्न थाले।
Nepali ERV (पवित्र बाइबल)
कतिपय ती विश्वासीहरू साइप्रस र साइरेनीका नागरिकहरू थिए। जब ती मानिसहरू एन्टओक आइपुगे, तिनीहरू ग्रीकहरूसंग पनि बोल्न लागे अनि तिनीहरूलाई प्रभु येशूको विषयमा सुसमाचार भने।
Nepali Tamang 2011
तर थेनीगदे न्‍हङला कोइ कोइ चेलागदे साइप्रसदेन कुरेनी भिबा ग्‍लाला मुबा। थेनीगदे एन्‍टिओखिया भिबा शहररी खसी अर्गु य्‍हुलला म्‍हिगदेदाएनोन प्रभु येशूला बारेरी थार्बा पिन्‍बा समाचार थेःना लजी।