Acts 11:26 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शाऊललाई टार्ससमा भेटेर एन्टिओखिया सहरमा ल्याए। दुवैले वर्ष दिनसम्मै एन्टिओखिया मण्डलीका मानिसहरूसँग संगति गर्दै धेरैलाई सिकाए। एन्टिओखियामा नै सबैभन्दा पहिले ख्रीष्टका चेलाहरूलाई ख्रीष्टियान भनिएको हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब तिनले उनलाई भेट्टाए तब उनलाई एन्टिओखियामा ल्याए। तब पूरा एक वर्षसम्मै मण्डलीका मानिसहरूसँग तिनीहरूले भेटघाट गरिरहे, र मानिसहरूको ठूलो समूहलाई शिक्षा दिए। चेलाहरू पहिलो पटक एन्टिओखियामा नै ख्रीष्टियान भनिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शाऊललाई फेला पारेपछि उनलाई लिएर तिनी एन्टिओखियामा आए। बारनाबास र शाऊलले त्यहाँको मण्डलीमा एक वर्षसम्म भेटघाट गरिरहे, र धेरै मानिसहरूलाई शिक्षा दिए। यसरी चेलाहरू पहिलो पटक एन्टिओखियामा नै ख्रीष्टियान भनिए।
Nepali ERV (पवित्र बाइबल)
शावललाई जब उनले भेट्टाए, बर्णाबासले तिनलाई एन्टिओक लगे। शावल र बर्णाबास त्यहाँ पुरा एक र्बष बसे। तिनीहरूले त्यँहा मण्डलीका सभाहरूमा भाग लिए अनि धेरै मानिसहरूलाई शिक्षा दिए। प्रथमपल्ट एन्टिओकमा विश्वासीहरूलाई “ख्रीष्टयनहरू” भनिए।
Nepali Tamang 2011
थेसे शाऊलदा स्याप्माहेन्से एन्टिओखिया भिबा शहररी भजी। जमाहेन्से थेनीगदेसे तिदिङधोना मण्डलीला म्हिगदेदेन छ्याम स्याप्बान ल्हानान म्हिगदेदा परमेश्वरला बचन लोप्बारी छ्याइजी। चेलागदेदा जम्मान भन्दा ङाच्छा एन्टिओखिया भिबा शहररीन ख्रीष्टियान भिसी भिजी।