Acts 11:5 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“म योप्पा सहरमा हुँदा प्रार्थना गर्दै थिएँ। मैले ध्यानमग्न भएर यस्तो एउटा दर्शन देखें। स्वर्गबाट एउटा ठूलो तन्नाजस्तो चीज चार कुनामा समातिएर मतिर झरिरहेको देखें। त्यो आएर मेरो छेवैमा रोकियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“म योप्पा सहरमा प्रार्थना गर्दैथिएँ, र ध्यान-मग्न थिए, तब एउटा ठूलो तन्नाजस्तो चार कुनामा समाती तल झरिराखेको केही थोक मैले दर्शनमा देखें, र त्यो मकहाँ आयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“म योप्पा सहरमा प्रार्थना गरिरहेको थिएँ। त्यसै बेला ध्यानमग्न हुँदा मैले एउटा दर्शन देखेँ। एउटा ठूलो तन्नाजस्तो चारै कुनामा बाँधिएको कुनै चीज स्वर्गबाट तल जमिनमा ओरालिएको मैले देखेँ। म जुन ठाउँमा थिएँ, त्यो मकहाँ आयो।
Nepali ERV (पवित्र बाइबल)
उनले भने, “म जोप्पा शहरमा थिएँ। मैले प्रार्थना गरिरहेको बेला एउटा दर्शन पाएँ। त्यस दर्शनमा मैले ठूलो लुगा जस्तो केही आकाशबाट तल ओर्लिरहेको देखे। त्यसलाई त्यसको चारै कोणबाट समातिएको थियो। त्यो म भएकोमा आयो।
Nepali Tamang 2011
“च्यागो, ङा योप्पा भिबा शहररी प्रार्थना लमा सेम गिक तसी एकोहोरो तबा धुइरी कुनी ब्लिरी खीबा घ्रेन तन्ना ह्रङ्बा गिक मुग्याम मार खबान लबा तिगै स्हे ङाइ म्राङ्जी, थे तन्ना ह्रङ्बा स्हे ङा मुबा ग्लारी खजी।