Acts 12:10 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
स्‍वर्गदूत र पत्रुस पहिलो र दोस्रो पहरा भएर सहरको फलामे मूल-ढोकामा आइपुगे। त्‍यो ढोका आफैं खुल्‍यो र तिनीहरू बाहिर निस्‍के। एक गल्‍ली पार गरेपछि स्‍वर्गदूत पत्रुसलाई छोडेर गइहाले।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब पहिलो र दोस्रो पहरा-टोली नाघेर सहरमा पस्‍ने फलामे ढोकामा तिनीहरू पुगे, तब त्‍यो ढोका आफै तिनीहरूका लागि उघ्रियो, र तिनीहरू बाहिर निस्‍केर एउटा गल्‍लीको बाटो भएर गए, र तुरुन्‍तै स्‍वर्गदूत तिनलाई छोड़ेर गए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले पहिलो र दोस्रो पहरेदारहरूलाई पार गरेर सहरतिर जाने फलामे मूलढोकामा आइपुगे। तिनीहरूका निम्ति यो मूलढोका आफैँ खोलियो र यसबाट भएर तिनीहरू निस्के। एउटा बाटो पूरै हिँडिसकेपछि, स्वर्गदूतले अचानक तिनलाई छोडेर गए।
Nepali ERV (पवित्र बाइबल)
पत्रुस र स्वर्गदूत पहिलो त्यसपछि दोस्रो पहरे चौकीहहरू भएर निस्किए। तब तिनीहरू फलामको द्वार भए तिर पुगे जसले तिनीहरूलाई शहरदेखि छुट्याएको थियो। त्यो प्रवेशद्वार तिनीहरूका निम्ति आफै खुलियो। त्यस द्वार भएर तिनीहरू बाहिर निस्के र एक खण्डको दूरी पार गरेर गए। त्यसपछि अचानक स्वर्गदूत अल्पिए।
Nepali Tamang 2011
जमाहेन्‍से झ्‍याल्‍खानरी ख्रुङ्‌सी चिबा सिपाहीला समूह न्‍हीदा वाइसी थेनीगदे शहरपट्टि निबा फाइला म्रापरी धोजी, थेरी धोमैछ्‌याम थे म्राप ह्रङ्नोन ठोङ्‌जी, जमाहेन्‍से थेनीगदे थोन्‍सी गल्‍लीला ग्‍याम तसी निना निनान स्‍वर्गदूतसे पत्रुसदा ख्‍लासी निजी।