Acts 12:11 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यति बेला पो आफूमा घटेको कुरा पत्रुसलाई स्पष्टसँग थाहा भयो— “परमेश्वरले साँच्चै आफ्नो स्वर्गदूत पठाउनुभएको रहेछ। उहाँले मलाई हेरोदको हात र यहूदीहरूले गर्न खोजेको कामबाट छुटाउनुभएको रहेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब पत्रुसको होश खुल्यो तब तिनले भने, “अब मलाई साँच्ची नै थाहा भयो, कि प्रभुले आफ्ना दूत पठाउनुभएर हेरोद राजाको हातबाट, र यहूदीहरूले जे गर्न चाहन्थे ती सबैबाट मलाई छुटकारा दिनुभयो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि पत्रुस होशमा आए, तब तिनले भने, “अब मलाई पक्का थाहा भयो, प्रभुले आफ्नो दूतलाई हेरोदका पञ्जाबाट र यहूदीहरूले जे गर्न चाहेका थिए, ती सबैबाट मलाई छुटाउन पठाउनुभएको रहेछ।”
Nepali ERV (पवित्र बाइबल)
तब पत्रुसले के भएको थियो भनेर थाहा पाए अनि आफैलाई भने, “अब मैले थाहा पाएँ कि यो वास्तवमा सत्य रहेछ। प्रभुले आफ्ना स्वर्गदूत पठाउनु भयो अनि मलाई हेरोदबाट बचाउनु भयो। यहूदीहरूले ममाथि केही अप्रिय घटना हुन्छ भनि सोचे होलान्। तर मलाई प्रभुले ती सबै कष्टहरूबाट मुक्त पार्नुभयो”
Nepali Tamang 2011
थे धुइरी चा तिग तजी भिबा ताम पत्रुससे था याङ्सी चुह्रङ् भिजी, “प्रभुसे ह्राङला दूत पुइखसी हेरोद ग्लेला याग्यामदेन यहूदीगदेसे लबारी छ्याइबा गेग्याम फेबा ताम पक्का हिन्ना।”