Acts 12:14 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पत्रुसको सोर चिनेपछि त्यसले खुसीले गद्गद् भएर ढोकै नउघारी भित्रतिर दौडेर गई र भनी, “पत्रुस ढोकामा उभिरहनुभएको छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पत्रुसको सोर चिनेपछि त्यो खुशी भएर ढोकै नखोली भित्र दगुरेर गई “पत्रुस ढोकामा उभिरहेका छन्” भनी खबर दिई।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तिनले पत्रुसको सोर चिनिन्, तब तिनी खुशी भएर ढोकै नखोलीकन “पत्रुस ढोकामा उभिरहनुभएको छ,” भनी रमाउँदै खबर दिन दौडेर गइन्।
Nepali ERV (पवित्र बाइबल)
रोदाले पत्रुसको आवाज चिनी र खुशी भई। खुशीले गर्दा उसले ढोका खोल्न सम्म भुली। उनी भित्र गई र जम्मा भएका झुण्डलाई भनी, “पत्रुस ढोकामा हुनुहुन्छ!
Nepali Tamang 2011
थेसे पत्रुसला काइ ङोसेसी ताङ्बासे लमा म्रापनोन आठोङ्ना न्हङरी यार्बान निसी, “पत्रुस म्रापरी राप्सी चिबा मुला” भिसी जम्मादान भिजी।