Acts 12:17 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पत्रुसले तिनीहरूलाई हातको इशाराले चुप गराए अनि परमेश्वरले आफूलाई कसरी झ्यालखानबाट निकाल्नुभयो भन्ने कुरा तिनीहरूलाई सुनाए। “याकूब र मण्डलीका अरू दाजुभाइहरूलाई पनि यो कुरा सुनाइदिनू है,” भनेर तिनी त्यहाँबाट गइहाले।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले “चूप लाग” भनी हातले इशारा गरे, र प्रभुले तिनलाई कसरी झ्यालखानबाट बाहिर निकाल्नुभयो सो तिनीहरूलाई बताए। यी कुराको समाचार याकूब र अरू भाइहरूलाई दिनू भनेर तिनी बिदा भएर अर्कै ठाउँमा गइहाले।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पत्रुसले तिनीहरूलाई चुप रहन हातले इशारा गरे। अनि कसरी तिनलाई प्रभुले झ्यालखानाबाट निकाल्नुभयो भनी वर्णन गरे। त्यसपछि तिनले भने, “यी कुराको बारेमा याकोब र अरू दाजुभाइ-दिदीबहिनीहरूलाई बताइदेओ,” भनेर तिनी अर्को ठाउँमा गइहाले।
Nepali ERV (पवित्र बाइबल)
पत्रुसले हातको ईशारा गरेर तिनीहरूलाई चूपचाप बस्नु भने। उनले, कसरी परमप्रभुले उनलाई जेलबाट मुक्त गराइदिनु भयो, वर्णन गरे। उनले भने, “याकूब र अन्य दाज्यू-भाइहरूलाई पनि बताइदिनु।” पछिबाट पत्रुस अर्को ठाँउ तर्फ लागे।
Nepali Tamang 2011
तर पत्रुससे थेनीगदेदा “कुटिसी चिउ” भिसी यासे चाल लजी, ओच्छे प्रभुसे ह्राङदा खाह्रङ् लसी झ्याल्खानग्याम मङग्यार तेःजी भिबा ताम थेनीगदेदा पाङ्जी। ओच्छे चु ताम याकूबदेन विश्वास लबा स्य्हान्दो ज्योज्यो आले नाना आङागदेदाएनोन पाङ्सी पिन्गो भिसी पत्रुस थेनीगदे मुबा ग्लाग्याम अर्गु ग्लारी निजी।