Acts 12:19 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हेरोदले तिनलाई खोज्‍ने हुकुम दिए, तर तिनीहरूले पत्रुसलाई कहीँ पनि फेला पार्न सकेनन्। त्‍यसो हुँदा हेरोदले पहरा बस्‍ने सिपाहीहरूलाई पूरै केरकार गरे र जवाफ नपाउँदा तिनीहरूलाई मृत्‍युदण्‍ड दिए। त्‍यसपछि हेरोद यरूशलेम छोडेर कैसरिया सहरमा गए अनि त्‍यहीँ नै बसे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हेरोदले तिनको खोजी गरेर पनि फेला नपार्दा, सिपाहीहरूको जाँच गरी तिनीहरूलाई ज्‍यानसजायको हुकुम गरे। हेरोदचाहिँ यहूदियाबाट कैसरिया गएर त्‍यहीँ नै बसे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हेरोदले पत्रुसको धुइँपत्ताल खोजी गर्न लगाए। तर उनलाई नभेट्टाएपछि पहरेदारहरूसँग फेरि सोधपुछ गरिसकेपछि तिनीहरूलाई मृत्युदण्डको आज्ञा दिए। त्यसपछि हेरोद यहूदियाबाट कैसरिया गएर केही समय त्यहीँ बसे।
Nepali ERV (पवित्र बाइबल)
राजा हेरोदले पत्रुसलाई चारैतिर खोज तलाश गरे तर पाउन सकेनन्। तब हेरोदले सिपाहीहरूलाई सोधखोज गर्न थाले। पत्ता नलाग्दा सिपाहीहरूलाई नै मार्ने हुकुम दिए। पछि हेरोद यहूदीयाबाट सिजरिया शहरमा केही समयको लागि त्यही बसे।
Nepali Tamang 2011
हेरोदसे पत्रुसदा म्‍हाइगो भिसी कुल्‍जी। तर थेनीगदेसे पत्रुसदा खानङएनोन आस्‍याप्‍नी। थेतबासेलमा सिपाहीगदेदा ङ्‌योइबा छार्बा लजी, तसैनोन तिगै जोहाब आपिन्‍माहेन्‍से थेनीगदेदा साइगो भिसी कुल्‍जी। जमाहेन्‍से हेरोद चा यहूदियाग्‍याम कैसरिया भिबा ग्‍लारी निसी थेरीन चिजी।