Acts 12:20 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हेरोद राजा टुरोस र सीदोन सहरका मानिसहरूसँग साह्रै रिसाएका थिए। अब ती दुई सहरका मानिसहरूले खानेकुरा हेरोदको क्षेत्रबाट नै झिकाउनुपर्थ्‍यो। त्‍यसले गर्दा ती दुई सहरका नेताहरू मिलेर राजासँग मिलाप गर्न चाहे। तिनीहरूले राजाकै मान्‍छे बलस्‍तसलाई हातमा लिएर राजासँग दर्शनभेट मागे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हेरोद टुरोस र सीदोनका मानिसहरूसँग अत्‍यन्‍तै नाराज भएका थिए। तिनीहरू एक दल भएर उनीकहाँ आए, र राजाका भित्री कर्मचारी बलस्‍तससँग खुशामद गरेर मिलापको लागि बिन्‍ती गरे। किनकि तिनीहरूको देश अन्‍नको निम्‍ति राजाको देशमा निर्भर थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उनले टायर र सीदोनका मानिसहरूसित कलह मच्‍चाइराखेका थिए। ती दुई समूह एउटै भएर उनलाई भेट्न खोजिरहेका थिए। राजाको विश्‍वासी सेवक बलस्तसको मदतमा तिनीहरू मिलाप गर्न चाहन्थे। किनकि तिनीहरू भोजन आपूर्तिको निम्ति राजाको देशमा निर्भर थिए।
Nepali ERV (पवित्र बाइबल)
हेरोदे टायर र सायडनवासीहरूसंग अत्यन्त रिसाएका थिए। यसर्थ तिनीहरू एक समूहको रूपमा हेरोदकहाँ आए। तिनीहरूले हेरोदका निजी सेवक बलस्तको सहयोग प्राप्त गरे अनि हरोदलाई शान्तिको लागि बिन्ती गरे। किनभने तिनीहरूले राजा हेरोदको देशबाट नै भोजन प्राप्त गर्दै थिए।
Nepali Tamang 2011
टुरोसदेन सीदोन य्‍हुल्‍साला म्‍हिगदेदेन छ्‌याम हेरोद ल्‍हानान बोमो खबा मुबा। थेतबासेलमा थेनीगदे ढिक्‍सी हेरोद मुबा ग्‍लारी खजी, ओच्‍छे ग्‍लेला गे लबा बलस्‍तस भिबा म्‍हिदा ह्रो स्‍होसी ग्‍लेदेन छ्‌याम ढिक्‍बाला लागिरी सल्‍लाह लजी। तिग्‍दा भिसम थेनीगदेला चबा स्‍हे हेरोद ग्‍लेला य्‍हुल्‍साग्‍याम खतोःबा मुबा।