Acts 12:4 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हेरोदले पत्रुसलाई झ्‍यालखानभित्र राखे र सोह्र जना सिपाहीलाई चार-चार जनाको टोली बनाई पहरा दिएर राखे। निस्तार चाडपछि पत्रुसलाई यहूदीहरूको अगाडि ल्‍याउने हेरोदको विचार थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हेरोदले पत्रुसलाई गिरफ्‍तार गरेर झ्‍यालखानमा हालिदिए, र निस्‍तारचाड़पछि तिनलाई जनताका सामने ल्‍याउने विचार गरेर तिनको पहरा गर्नलाई सिपाहीका चार टोलीको जिम्‍मा लाइदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उनलाई पक्राउ गरेपछि झ्यालखानामा हाले। अनि चार-चार सिपाहीको टोली बनाएर चार पहरेदारहरूको समूहलाई उनको निगरानी गर्न सुम्पिदिए। हेरोदले निस्तार चाडपछि पत्रुसलाई मानिसहरूको सामु जाँचको निम्ति बाहिर ल्याउने योजना गरे।
Nepali ERV (पवित्र बाइबल)
हेरोदले पत्रुसलाई पक्रेर जेलमा राखे। सोह्र-जना सिपाहीहरूले पत्रुसलाई कडा नजरमा राखे। हेरोदले पत्रुसलाई निस्तार चाडको पछि जनता समक्ष ल्याउने योजना गरे।
Nepali Tamang 2011
हेरोद ग्‍लेसे पत्रुसदा चुङ्सी झ्‍याल्‍खानरी झाङ्‌माहेन्‍से सिपाहीगदेला समूह ब्‍लि स्‍होसी ख्रुङ्पुङ्जी। ओच्‍छे मिश्र य्‍हुल्‍साग्‍याम फेसी खबा धिन‍दा ढन्‍सी धङ्बा चाड जिन्‍माहेन्‍से थेदा म्‍हिगदेला ङाच्‍छापट्टि भसी ङ्‌योइबा छार्बा लबा सेम लजी।