Acts 12:6 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हेरोदले पत्रुसलाई मानिसको अगाडि ल्याउने दिनको अघिल्लो रात पत्रुस दुई जना सिपाहीहरूका बीचमा सुतिरहेका थिए। उनलाई दुई वटा साङ्लाले बाँधिएको थियो र ढोकामा पालेहरू पहरा दिइरहेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हेरोदले तिनलाई बाहिर निकालिल्याउन खोजेकै रात, पत्रुस दुई वटा साङ्लाले बाँधिएर दुई जना सिपाहीहरूका बीचमा सुतिरहेका थिए। सिपाहीहरू पनि ढोका अगिल्तिर उभिएर झ्यालखानको पहरा दिइरहेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हेरोदले उनको न्याय गर्ने अगिल्लो रातमा, पत्रुस दुई वटा साङ्लोले बाँधिएर दुई सिपाहीहरूका बीच सुतिरहेका थिए। ढोकामा पहरेदारहरूले रखवाली दिइराखेका थिए।
Nepali ERV (पवित्र बाइबल)
पत्रुस दुइजना सिपाहीहरूका माझमा सुतिरहेका थिए। उनलाई दुइटा साङ्गलाले बाँधिएको थियो। अरू सिपाहीहरू कैदखानाको ढोकामा पहरा दिइरहेका थिए। यो रातको समय थियो। हेरोदले पत्रुसलाई भोलिपल्ट जनतासमक्ष ल्याउन सोंचिरहेथ्यो।
Nepali Tamang 2011
हेरोद ग्लेसे पत्रुसदा म्हिगदेला ङाच्छापट्टि भबारी छ्याइबा धिनना ङाच्छाकुनुला म्हुनङ, पत्रुस सिपाही न्हीला गुङरी म्हेर्सी चिबा मुबा, थेदा च्याल्दा न्हीसे खीसी थान्बा मुबा। ओच्छे स्य्हान्दो सिपाहीगदेसेनोन झ्याल्खानना म्रापरी ख्रुङ्सी चिबा मुबा।