Acts 12:7 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब अचानक प्रभुका एउटा स्‍वर्गदूत देखा परे र कोठा उज्‍यालो भयो। स्‍वर्गदूतले पत्रुसको कुममा घचघच्याउँदै “चाँडै उठ,” भनेर उठाए। त्‍यत्तिकैमा पत्रुसका हातमा बाँधेका साङ्लाहरू फुस्‍केर झरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अचानक प्रभुका एउटा स्‍वर्गदूत त्‍यहाँ देखा परे, र कोठरीमा ज्‍योति चम्‍क्‍यो। स्‍वर्गदूतले पत्रुसलाई कोखामा हिर्काए अनि “छिटो उठ” भनेर तिनलाई जगाए। तब साङ्‌लाहरू तिनका हातबाट फुस्‍केर खसे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अचानक प्रभुका दूत झ्यालखानाको कोठामा देखा परे। अनि त्यहाँ एउटा ज्योति चम्क्यो। दूतले पत्रुसलाई कोखामा कोट्याएर “छिटो उठ!” भनी उठाए। अनि तिनका नाडीहरूबाट साङ्लाहरू फुस्किए।
Nepali ERV (पवित्र बाइबल)
अचानक परमप्रभुको स्वर्गदूत त्यहाँ उभियो। कोठाभिर प्रकाश चम्कियो। स्वर्गदूतले पत्रुसलाई एकपट्टी स्पर्श गरेर उनलाई व्यूँझाए। दूतले भने, “चाँडो, उठ!” साङ्गलाहरू पत्रुसका हातहरूबाट सुल्किए।
Nepali Tamang 2011
तिक्‍खुरीन प्रभुला दूत गिक पत्रुस मुबा ग्‍लारी खसी राप्‍जी, ओच्‍छे पत्रुसदा थान्‍बा कोठारी य्‍हाल तजी। ओच्‍छे थे स्‍वर्गदूतसे पत्रुसला राइरी थुर्सी, “ए योना रेःगो” भिसी पत्रुसदा छिङ्जी। स्‍वर्गदूतसे थेह्रङ् भिमैछ्‌याम पत्रुसला यारी खीबा च्‍याल्‍दा ह्रङ्नोन ब्‍लसी सरी ताइजी।