Acts 12:9 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
स्‍वर्गदूतको पछि-पछि लागेर पत्रुस झ्‍यालखानबाट निस्‍किआए। तर स्‍वर्गदूतले गरेका यी कुरा साँच्‍चै हो भनेर उनलाई थाहा थिएन। उनले त सपनामा दर्शन देख्‍दै छु भन्‍ठानेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि तिनी निस्‍केर उनको पछिपछि लागे। स्‍वर्गदूतबाट गरिएको कुरो साँच्‍चीकै हो भन्‍ने तिनलाई थाहै भएन। तर दर्शन देख्‍दैछु भनी तिनले ठाने।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पत्रुसले झ्यालखानाबाट बाहिरसम्म तिनलाई पछ्याए। ती स्वर्गदूतले जे गर्दैथिए, साँचो हो भन्‍ने ज्ञान उनलाई भएन, तर आफूले एउटा दर्शन देखिराखेको छु भनी ठाने।
Nepali ERV (पवित्र बाइबल)
तब स्वर्गदूत त्यहाँबाट निस्किए र पत्रुस पनि उनैको पछि लागे । पत्रुसले जानेनन् कि स्वर्गदूले जे गरिरहेका थिए त्यो साँचो थियो। उनले सोचे कि उनले दर्शन देखिरहेछन्।
Nepali Tamang 2011
स्‍वर्गदूतसे थेह्रङ् भिमाहेन्‍से पत्रुस स्‍वर्गदूतला लिच्‍छा लिच्‍छा भ्रबारी छ्‌याइजी। स्‍वर्गदूतसे लबा चु गे साँच्‍चिन हिन्‍ना भिसी पत्रुसदा थानोन आरेबा। तर पत्रुससे चु ङाइ म्‍हाङ म्राङ्बान मुला भिसी म्‍हन्‍जी।