Acts 13:17 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएली जातिका परमेश्वरले हाम्रा पुर्खाहरूलाई छान्नुभयो र तिनीहरू मिश्रदेशमा रहँदा तिनीहरूलाई महान् जाति बनाउनुभयो। आफ्नो शक्ति देखाएर परमेश्वरले तिनीहरूलाई मिश्रदेशबाट निकाल्नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएल जातिका परमेश्वरले हाम्रा पिता-पुर्खाहरूलाई चुनिकन मिश्रदेशमा रहँदा तिनीहरूलाई महान् तुल्याउनुभयो, र उहाँको शक्तिशाली बाहुलीले तिनीहरूलाई त्यस देशबाट निकाली ल्याउनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएली जातिका परमेश्वरले हाम्रा पुर्खाहरूलाई चुन्नुभयो। इजिप्टमा बस्दा उहाँले तिनीहरूलाई उच्च बनाउनुभयो। महान् शक्तिका साथ तिनीहरूलाई उहाँले त्यस देशबाट बाहिर ल्याउनुभयो।
Nepali ERV (पवित्र बाइबल)
इस्राएलका परमेश्वरले हाम्रा पुर्खाहरू छान्नु भयो। जब तिनीहरू मिश्रदेशमा परदेशी भएर बसेका थिए परमेश्वरले तिनीहरूलाई सफल गराउनका निम्ति सहयोग गर्नुभएको थियो। परमेश्वरले तिनीहरूलाई मिश्रदेशबाट आफ्ना महान शक्तिद्वारा निकाली ल्याउनु भयो।
Nepali Tamang 2011
य्हाङला आखे म्हेमेगदे मिश्र य्हुल्सारी चिबा धुइरी इस्राएल य्हुलला परमेश्वरसे थेनीगदेदा धम्सी घ्रेन म्हि स्होजी। जमाहेन्से परमेश्वरसे ह्राङला शक्तिशाली छ्यासे थेनीगदेदा थे य्हुल्साग्याम तेःसी भजी।