Acts 13:22 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरले उनलाई हटाएर दाऊदलाई राजा बनाउनुभयो। दाऊदको बारेमा चाहिँ परमेश्‍वरले यसरी भन्‍नुभएको छ, ‘यिशैको छोरा दाऊदलाई भेट्टाउँदा मैले मन पराएको मानिस पाएको छु। उसले मेरो लागि गर्नुपर्ने सबै काम पूरा गर्नेछ’।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले तिनलाई हटाउनुभएपछि दाऊदलाई तिनीहरूका राजा हुन खड़ा गर्नुभयो। उनको विषयमा परमेश्‍वरले गवाही दिएर भन्‍नुभयो, ‘मैले यिशैको छोरो दाऊदलाई मेरो हृदयअनुसारको मान्‍छे पाएँ, जसले मेरा सबै इच्‍छा पूरा गर्नेछ।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर शाऊललाई हटाएपछि दावीदलाई उहाँले तिनीहरूका राजा बनाउनुभयो। तिनको विषयमा साक्षी दिँदै परमेश्‍वरले भन्‍नुभयो: ‘यिशैको छोरा दावीदलाई मैले आफ्नो हृदयअनुसारको मानिस भेट्टाएको छु; जसबाट म जे काम गराउन चाहन्छु, त्यसले ती सबै गर्नेछ।’
Nepali ERV (पवित्र बाइबल)
शावललाई हटाए पछि परमेश्वरले दाऊदलाई तिनीहरूका राजा बनाउनु भयो। परमेश्वरले दाऊदको विषयमा यसो भन्नु भयोः ‘यस्सीको छोरा दाऊद एउटा मानिस हो जसले मैले सोचे जस्तो सोच्छ। मैले चाहे अनुसार सबै कामहरू उसले गर्नेछ।
Nepali Tamang 2011
ओच्‍छे परमेश्‍वरसे शाऊलदा तेःमाहेन्‍से दाऊददा थेनीगदेला ग्‍ले स्‍होजी। ओच्‍छे परमेश्‍वरसे दाऊदला बारेरी ‘ङाइ यिशै भिबा म्‍हिला झा दाऊददा ङाला सेमसे म्‍हन्‍बा ह्रङ्‌बान म्‍हि स्‍याप्‍जी, थेसे ङाइ म्‍हन्‍बा जम्‍मान गे लला’ भिसी सुङ्जी।