Acts 13:25 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफ्नो काम सिध्याउन लाग्दा यूहन्नाले भने, ‘तिमीहरू मलाई मुक्तिदाता हो कि भनेर चिन्न चाहन्छौ, त्यो त म होइनँ। तर उहाँ मपछि आउँदै हुनुहुन्छ र मचाहिँ उहाँको जुत्ताको फित्ता फुकाउने लायकको पनि छैन’।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यूहन्नाले आफ्नो कार्य समाप्त गर्न लाग्दा भनेका थिए, ‘तिमीहरू के ठान्छौ, म को हुँ? म ऊ होइनँ। तर मपछि एक जना आउनुहुनेछ, जसका खुट्टाका जुत्तासम्म पनि फुकाल्ने लायकको म छैनँ।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब यूहन्ना आफ्नो काम पूरा गरिरहेका थिए, उनले भने, ‘मलाई तपाईंहरूले को भनी ठान्नुभएको छ? म त उहाँ होइन। तर उहाँ मपछि आउनुहुनेछ। उहाँका पाउका जुत्तासम्म पनि फुकाल्ने योग्यको म छैनँ।’
Nepali ERV (पवित्र बाइबल)
यूहन्नाले आफ्नो काम सिध्याउने बेलामा भने, ‘म को हुँ भनेर तिमीहरू ठान्छौ? म ख्रीष्ट होइन। तर उहाँ, म पछि आउनु हुनेछ। म उहाँको जुत्ता फुकाल्ने सम्मको योग्यको छैन।’
Nepali Tamang 2011
यूहन्नासे ह्राङला गे जिन्ना लबारी छ्याइमा ‘एनीगदेसे ङा खाल भिसी म्हन्बा मुला? ङा थे आहिन। तर च्यागो, थे ङा भन्दा लिच्छा फेप्खला, ङा थेला लखम स्युबाधोनाला आरे’ भिसी भिमुबा।