Acts 13:26 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“दाजुभाइहरू हो, चाहे हामी अब्राहामका सन्‍तानहरू हौं, चाहे हामी परमेश्‍वरको डर राख्‍ने अन्य-जातिकाहरू नै किन नहोऔँ, यो मुक्तिको सन्‍देश परमेश्‍वरले हामी सबैका लागि पठाउनुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“ए, अब्राहामका वंशको सन्‍तान, र तिमीहरूमध्‍ये परमेश्‍वरको डर मान्‍ने ए भाइ हो, हामीकहाँ नै यो मुक्तिको सन्‍देश पठाइएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हे दाजुभाइ-दिदीबहिनीहरू हो, अब्राहामका सन्तान र परमेश्‍वरको भय मान्‍ने गैरयहूदीहरू, यो उद्धारको सन्देश हामीहरूमा नै पठाइएको छ।
Nepali ERV (पवित्र बाइबल)
“मेरा दाज्यू-भाइहरू! अब्राहाम परिवारका नानीहरू अनि तिमी धर्मभीरू गैर-यहूदीहरू, ध्यान दिएर मेरो कुरा सुन। यो मुक्तिको समाचार हामीकहाँ पठाइसकेको छ।
Nepali Tamang 2011
“अब्राहामला सन्‍तान, ङाला ज्‍योज्‍यो आलेदेन परमेश्‍वरसे कुल्‍बा ताम ङ्‌यान्‍बा अर्गु य्‍हुलला आलेगदे चु थार्बा याङ्बा समाचार य्‍हाङला लागिरी पुइखबा मुला।