Acts 13:27 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर यरूशलेममा बस्ने दाजुभाइ र उनीहरूका नेताहरूले येशूलाई मुक्तिदाता हुनुहुन्छ भनेर चिन्न सकेनन्। अगमवक्ताहरूले धर्मशास्त्रमा लेखेको कुरा विश्रामपिच्छे पढे पनि उनीहरूले बुझेनन्। येशूलाई मृत्युदण्ड दिएर उनीहरूले धर्मशास्त्रमा उहाँको बारेमा लेखिएका कुरालाई पूरा गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने यरूशलेमका बासिन्दा र तिनीहरूका शासकहरूले उहाँलाई नचिनेर र हरेक शबाथमा पढ़िने अगमवक्ताका वचनहरू नबुझेर उहाँलाई दण्डको आज्ञा दिई ती वचन पूरा गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यरूशलेमका मानिसहरू र तिनका शासकहरूले येशूलाई चिनेनन्, तैपनि उहाँलाई दण्ड दिएर तिनीहरूले अगमवक्ताहरूका वचनहरूलाई पूरा गरे, जो हरेक शब्बाथमा पढिन्थ्यो।
Nepali ERV (पवित्र बाइबल)
यरूशलेमका निवासीहरू अनि तिनीहरूका अगुवाहरूले येशू स्वयं नै मुक्तिदाता हुन् भनेर जान्दै जानेनन्। अगमवक्ताहरूले येशूको विषयमा लेखेका शब्दहरू हरेक विश्रामका दिनमा मानिसहरू प्रति पढिन्छ तर तिनीहरूले ती बुझेनन्। यहूदीहरूले येशूलाई निन्दा गरे। तर अगमवक्ताहरूले भनेका शब्दहरू पूर्ण भयो।
Nepali Tamang 2011
तर यरूशलेमरी चिबा म्हिगदेदेन ह्राङला नेतागदेसे थेदा ङोआसेनी, ओच्छे ब्लप्बा न्हबा धिनकुनु पढब लबा अगमवक्तागदेसे भ्रिबा बचन आघोना थेदा सिबाला सजाय पिन्सी थे बचन पूरा लजी।