Acts 13:33 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले उनीहरूको सन्तानको लागि नै पूरा गर्नुभएको छ। येशूलाई मरेकोबाट बिउँताउनुहुँदा उहाँले त्यो प्रतिज्ञा हाम्रै लागि नै पूरा गर्नभएको हो। अब परमेश्वरले उहाँलाई मरेकोबाट बिउँताउनुहुनेछ भन्ने कुराको बारेमा भजनसंग्रहको दोस्रो भजनमा यसरी लेखिएको छ— ‘तिमी मेरा छोरा हौ, आज मैले तिमीलाई जन्माएको छु’।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अर्थात्, कसरी परमेश्वरले येशूलाई जीवित पारी उठाएर त्यो कुरो हामी, तिनीहरूका सन्तानका निम्ति पूरा गरिदिनुभयो, जस्तो दोस्रो भजनमा पनि लेखिएको छ, ‘तिमी मेरा पुत्र हौ, आजको दिन मैले तिमीलाई जन्माएको छु।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूका सन्तान अर्थात् हामीहरूका निम्ति येशूलाई जीवित पारीकन परमेश्वरले त्यो प्रतिज्ञा पूरा गर्नुभयो। भजनसंग्रह दुईमा लेखिएको छ: “ ‘तिमी मेरा पुत्र हौ; आज म तिम्रो पिता भएको छु।’
Nepali ERV (पवित्र बाइबल)
हामी तिमीहरूका बालकहरू हौं अनि परमेश्वरले यो प्रतिज्ञा हाम्रा निम्ति येशूलाई मृत्यूबाट बौराइ उठाउनु भएर पूरा गर्नु भएको छ। हामीले भजनसंग्रहमा पनि यो कुरा पढछौः ‘तिमीहरू मेरा पुत्र हौ। आज म तिमीहरूका पुर्खा भएँ। भजनसंग्रह 2:7
Nepali Tamang 2011
परमेश्वरसे येशूदा सिबाग्याम सोना लसी थेनीगदेला कोलागदे य्हाङला लागिरी थे ताम पूरा लसी पिन्जी, थेला बारेरी दाऊद ग्लेसे भ्रिबा न्हीरेमला व्हाइरी चुह्रङ् भिसी भ्रिबा मुला ‘ए ङाला झा हिन्ना, तिनी ङा एला आबा दोजी।’