Acts 13:35 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
फेरि, भजनसंग्रहको अर्को भजनमा दाऊद राजाले यसरी लेखेका छन्— हे परमेश्‍वर, तपाईंले आफ्‍नो पवित्र जनलाई कुहिएर नाश हुन दिनुहुन्‍न।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि अर्को ठाउँमा पनि यसो भनिएको छ, ‘तपाईंले आफ्‍ना पवित्र जनको शरीर सड्‌न दिनुहुनेछैन।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनभने अर्को ठाउँमा पनि यस्तै लेखिएको छ: “ ‘तपाईंले आफ्ना पवित्र जनको शरीर कुहुन दिनुहुनेछैन।’
Nepali ERV (पवित्र बाइबल)
तर अर्को ठाउँमा परमेश्वर भन्नुहुन्छः ‘तिम्रो एकजना पवित्र शरीरलाई चिहानमा कुहुन दिइने छैन।’ भजनसंग्रह 16:10
Nepali Tamang 2011
ओच्‍छे अर्गु व्‍हाइरीनोन चुह्रङ् भिबा मुला, ‘परमेश्‍वरसे ह्राङदा जे तेन्‍बा म्‍हिला ल्‍हुइ धुर्सारी नइआपुङ्।’