Acts 13:46 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर पावल र बारनाबासले अझ साहससँग भने, “तपाईंहरूकहाँ पहिले परमेश्वरको सुसमाचार सुनाउनुपर्थ्यो, तर तपाईंहरूचाहिँ सुन्न मान्नुहुन्न। तपाईंहरू आफैंलाई अजम्मरी जीवनको अयोग्य तुल्याउनुहुन्छ। यसकारण हामी अरू जातिका मानिसहरूकहाँ जान्छौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर पावल र बारनाबासले साहस गरेर भने, “परमेश्वरको वचन सर्वप्रथम तपाईंहरूलाई नै सुनाउनु आवश्यक थियो। तपाईंहरूले यसलाई इन्कार गरी आफैलाई अनन्त जीवनको अयोग्य ठहराउनुभएकोले हामी अब अन्यजातिहरूकहाँ जानेछौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि पावल र बारनाबासले तिनीहरूलाई निर्भयतापूर्वक जवाफ दिए, “सबैभन्दा पहिला त तपाईंहरूलाई नै हामीले परमेश्वरको वचन भन्नुपर्थ्यो। तपाईंहरूले यसको तिरस्कार गरेर आफूलाई अनन्त जीवनको अयोग्य बनाउनुभएकोले अब हामी गैरयहूदीतिर फर्कँन्छौँ।
Nepali ERV (पवित्र बाइबल)
तर पावल र बर्णाबासले निडर भएर बोले। “परमेश्वरको सन्देश पहिला तिमी यहूदीहरूलाई भन्न आवश्यक थियो। तर तिमीहरूले सुन्न अस्वीकार गर्यौ। तिमीहरू आफैले आफूलाई अनन्त जीवनको निम्ति अयोग्य ठान्यौ अब हामी अन्य जातिहरू तर्फ र्फकनेछौं।
Nepali Tamang 2011
तर पावलदेन बारनाबास ढुक्क तसी थेनीगदेदा चुह्रङ् भिसी भिजी, “जम्मान भन्दा ङाच्छा परमेश्वरला बचन एनीगदे यहूदीगदेदान थेःना लतोःबा मुबा। तसैनोन चुदा एनीगदेसे ङ्यान्बारीन आम्हाइनी। चुह्रङ् लसी एनीगदेसे ह्राङसे ह्राङदा जुकजुकधोनाला जुनी याङ्बाधोनाला म्हि हिन्ना भिसी आम्हन्बासे लमा दाहेन्से ङनी अर्गु य्हुलला म्हिगदे मुबा ग्लारी निसी परमेश्वरला बचन थेःना लला।