Acts 13:47 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
प्रभुले हामीलाई यसै गर्नू भनेर आज्ञा दिनुभएको छ— पृथ्वीको पल्लो छेउसम्मका मानिसहरूले मुक्ति पाऊन् भनेर मैले तिमीहरूलाई अरू जातिका मानिसहरूको बीचमा उज्यालो छर्नलाई खटाएर पठाएको छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि प्रभुले हामीलाई यस्तो आज्ञा दिनुभएको छ, ‘पृथ्वीको पल्लो छेउसम्म मुक्ति पुर्याउन मैले तिमीलाई अन्यजातिहरूका निम्ति ज्योति हुन नियुक्त गरेको छु’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनभने प्रभुले हामीलाई यस्तो आज्ञा गर्नुभएको छ: “ ‘गैरयहूदीहरूका निम्ति मैले तिमीहरूलाई एउटा ज्योति बनाएको छु, ताकि संसारको अन्तिम छेउसम्म तिमीहरूले उद्धार पुर्याउन सक।’ ”
Nepali ERV (पवित्र बाइबल)
यही नै परमप्रभुले हामीलाई गर्नु भनि आज्ञा गर्नु भएकोछ। परमप्रभुले भन्नुभयोः ‘मैले तिमीहरूलाई अन्य जातिको लागि ज्योति बनाएकोछु, ताकि तिमीहरूले मुक्तिको मार्ग सारा संसारमा देखाउन सक्छौ।”‘ यशैया 496
Nepali Tamang 2011
तिग्दा भिसम प्रभुसे ङन्दा चुह्रङ् भिसी कुल्बा मुला, ‘जम्बुलिङला कनाकुनीधोना थार्बा याङ्बा समाचार धोना लबारी ओच्छे अर्गु य्हुलला म्हिगदेला गुङरी य्हाल दोबारी ङाइ एनीगदेदा धम्बा मुला।’”