Acts 13:48 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो कुरा सुनेर अन्य-जातिहरू रमाउँदै परमेश्वरले दिनुभएको सुसमाचारको प्रशंसा गर्न लागे। अनन्त जीवनको लागि अघिबाटै परमेश्वरबाट चुनिएका जतिले येशू ख्रीष्टमाथि विश्वास गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब अन्यजातिहरूले यी कुरा सुने, तिनीहरू खुशी भए, र परमेश्वरको वचनको प्रशंसा गरे, र अनन्त जीवनको लागि नियुक्त भएकाहरू जतिले विश्वास गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो कुरा सुनेपछि गैरयहूदीहरू खुशी भए, र प्रभुको वचनलाई आदरका साथ ग्रहण गरे; अनि अनन्त जीवनका लागि नियुक्त भएका सबैले विश्वास गरे।
Nepali ERV (पवित्र बाइबल)
जब गैर यहूदीहरूले पावलले त्यसो भनेको सुने तिनीहरू खुशी भए। तिनीहरूले प्रभुको सन्देशलाई सम्मान गरे। अनि कतिपय मानिसहरूले त्यो सन्देशमा विश्वास गरे। तिनीहरु त्यही मानिसहरू थिए जसलाई अनन्त जीवनको लागि छानिएका थिए।
Nepali Tamang 2011
चु ताम थेःमाहेन्से अर्गु य्हुलला म्हिगदे ताङ्सी परमेश्वरला बचनला जयजयकार लजी, ओच्छे जुकजुकधोनाला जुनी याङ्बारी धम्बागदेसे परमेश्वरला बचनरी विश्वास लजी।