Acts 13:50 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर यहूदीहरूले परमेश्‍वरको भक्ति गर्ने उच्‍च श्रेणीका स्‍त्रीहरू र सहरका नेताहरूलाई समेत पावल र बारनाबासको विरोधमा उपद्रव गर्न उठाए र ती दुई जनालाई त्‍यस क्षेत्रको सिमानाबाट बाहिर धपाइदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर पावल र बारनाबासका विरुद्ध यहूदीहरूले भक्त र प्रतिष्‍ठित स्‍त्रीहरू र सहरका मुख्‍य-मुख्‍य मानिसहरूलाई उक्‍साए, र उनीहरूलाई आफ्‍नो साँधसिमाना बाहिर कटाइदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर यहूदीहरूले प्रभुको भय मान्‍ने माथिल्‍ला दर्जाका महिलाहरू र सहरका मुख्य पुरुषहरूलाई उक्साए। पावल र बारनाबासका विरुद्धमा तिनीहरूले उपद्रवका लागि उत्तेजना फैलाए। अनि तिनीहरूलाई आफ्नो क्षेत्रबाट सिमानापारि कटाए।
Nepali ERV (पवित्र बाइबल)
तर यहूदीहरूले शहरका कतिपय मुख्य नारीहरू जो सत्य परमेश्वरको आराधना गरिरहेका थिए, अनि मुख्य पुरूषहरूलाई पावल र बर्णाबासको विरुद्ध उस्काए। ती मानिसहरूले पावल र बर्णाबासलाई सताउने काम शुरू गरे अनि तिनीहरूलाई शहरबाट बाहिर निकाले।
Nepali Tamang 2011
तर पावलदेन बारनाबासला बिरोध लसी यहूदीगदेसे म्‍हिगदेग्‍याम मान याङ्बा परमेश्‍वरसे कुल्‍बा ताम ङ्‌यान्‍बा म्रिङम्‍हेमेगदेदेन शहरला मुल म्‍हिगदेदा थीसी, पावलदेन बारनाबासदा ह्राङला ग्‍लाग्‍याम तेःजी।