Acts 14:1 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आइकोनियन सहरमा पनि पावल र बारनाबास सधैँजस्तै यहूदीहरूको सभाघरमा गए। उनीहरूले सभाघरभित्र यस्तो किसिमले बोले, त्यहाँ भएका धेरै यहूदी र अरू जातिका मानिसहरूले पनि प्रभु येशू ख्रीष्टमा विश्वास गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब आइकोनियनमा तिनीहरू एकसाथ यहूदीहरूको सभाघरमा पसेर यस्तो किसिमले बोले, कि यहूदीहरू र ग्रीकहरूको ठूलो दलले विश्वास गर्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आइकोनियममा पावल र बारनाबास सदाझैँ यहूदीहरूका सभाघरहरूमा गए। त्यहाँ तिनीहरूले यति प्रभावकारी ढङ्गले बोले कि धेरै संख्यामा यहूदीहरू र गैरयहूदीहरूले विश्वास गरे।
Nepali ERV (पवित्र बाइबल)
पावल र बर्णाबास आइकोनियम शहरमा गए। तिनीहरू यहूदीहरूका सभाघर भित्र पसे (उनिहरूले प्रत्येक शहरमा गरे जस्तै) तिनीहरूले यस्तो प्रकारले बोले कि धेरै यहूदीहरू अनि गैर-यहूदीहरूले उनीहरूले भनेका कुरामा विश्वास गरे।
Nepali Tamang 2011
थेह्रङ् लसीन बारनाबासदेन पावल आइकोनियन भिबा शहररीनोन यहूदीगदे ह्रुप तबा दिमरी निजी। ओच्छे थेनीगदेसे यहूदीगदे ह्रुप तबा दिम न्हङरी ज्यना लसी घोना लबासे लमा थेरी मुबा ल्हानान यहूदीगदेदेन अर्गु य्हुलला म्हिगदेसे प्रभु येशू ख्रीष्टदा विश्वास लजी।