Acts 14:15 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“हैन, तपाईंहरूले यो के गर्नुभएको? हामीहरू पनि तपाईंहरूजस्‍तै दु:ख-सुख झेल्‍ने मानिस मात्रै हौं। हामी तपाईंहरूलाई परमेश्‍वरले दिनुभएको सुसमाचार सुनाउन आएका हौं। यस्‍तो नचाहिँदो काम छोडेर स्‍वर्ग र पृथ्‍वी अनि त्‍यहाँ भएका सबै कुरा सृष्‍टि गर्नुहुने जिउँदो परमेश्‍वरलाई मान्‍नुपर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“मानिसहरू हो, तपाईंहरू किन यस्‍तो काम गर्नुहुन्‍छ? हामी पनि त तपाईंहरूजस्‍तै दुःख-सुख भोग्‍ने मानिसहरू हौं, र तपाईंहरूलाई यी व्‍यर्थका कुराहरूबाट जीवित परमेश्‍वरतर्फ फिराउनलाई सुसमाचार सुनाउँछौं, जुन परमेश्‍वरले स्‍वर्ग, पृथ्‍वी, समुद्र र तिनमा भएका यावत्‌ थोक बनाउनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“मानिसहरू हो, किन तपाईंहरू यसो गर्दै हुनुहुन्छ? हामीहरू पनि तपाईंहरूजस्तै मानिस हौँ। हामी त तपाईंकहाँ सुसमाचार लिएर आएका छौँ। यी तुच्छ कुराहरूबाट आफूलाई हटाएर स्वर्ग, पृथ्वी, समुद्र र तिनीहरूमा भएका सबै कुराको सृष्‍टि गर्नुहुने परमेश्‍वरकहाँ फर्कनुहोस् भन्‍न हामी तपाईंहरूसमक्ष आएका हौँ।
Nepali ERV (पवित्र बाइबल)
“हे मानिसहरू हो! तिमीहरूले किन यसो गरिरेहछौ? हामी देवताहरू होइनौ! हामी तिमीहरू जस्तै मानिसहरू मात्र हौ! हामी तिमीहरूलाई सुसमाचार भन्न आयौं ताकि तिमीहरू यस्ता बेकारका कुराहरूबाट हट्न सक्छौ अनि जीवित परमेश्वर तर्फ र्फकन्छौ। उहाँ नै एक हुनुहन्छ जसले आकाश, पृथ्वी, समूद्र अनि यिनीहरूमा भएका हरेक थोक बनाउनु भयो।
Nepali Tamang 2011
“म्‍हिगदे! ह्राङनीसे तिग्‍दा चुह्रङ्बा गे लबा? ङनीएनोन ह्राङनी ह्रङ्‌बान दुख सुख नासी भ्रबा म्‍हिगदे हिन्‍ना, ओच्‍छे चुह्रङ्बा नइबा गेगदे ख्‍लासी स्‍वर्गदेन जम्‍बुलिङ ओच्‍छे समुन्‍द्रदेन थेरी मुबा जम्‍मान स्‍हेगदे स्‍होबा छोन्‍बो परमेश्‍वरपट्टि दोःगै भिसी ह्राङनीदा सत्‍य ताम पाङ्‌बारी ङनी थार्बा पिन्‍बा समाचार भसी खबा हिन्‍ना।