Acts 14:17 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले कहिले पनि असल र भलाइको कामहरू गर्न छोड्‍नुभएको छैन। उहाँले आकाशबाट पानी पारेर ठीक समयमा उब्‍जनी गराइदिनुहुन्‍छ। प्रशस्‍त खानेकुरा जुटाइदिएर मानिसहरूको हृदयलाई हर्षले भरिदिनुहुन्‍छ। यसरी परमेश्‍वरका कामहरूले नै उहाँको साक्षी दिन्‍छन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तापनि उहाँले आफूलाई गवाहीविना छोड्‌नुभएन, किनकि उहाँले भलो गरेर तपाईंहरूलाई स्‍वर्गबाट पानीको झरी र फलवन्‍त ऋतु दिनुभयो र तपाईंहरूका हृदयलाई भोजन र आनन्‍दले सन्‍तुष्‍ट पार्नुभयो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तैपनि आफूलाई उहाँले विनासाक्षी त्यसै छोड्नुभएन; किनकि आकाशबाट वर्षा गराएर र मौसमअनुसार अन्‍न तपाईंहरूलाई दिएर उहाँले दया देखाउनुभएको छ। उहाँले तपाईंहरूलाई प्रचुर मात्रामा खानेकुरा दिनुहुन्छ र तपाईंहरूको हृदय आनन्दले भरिदिनुहुन्छ।”
Nepali ERV (पवित्र बाइबल)
तर पमेश्वरले गर्नु भएको कार्यले उहाँको वास्तविकताको प्रमाण गर्यो। उहाँले तिमीहरूका लागि असल कामहरू गर्नुभयो उहाँले तिमीहरूलाई आकाशबाट वर्षा दिनुभयो। उहाँले ठीक समयमा नै तिमीहरूलाई फसल दिनुभयो। उहाँले तिमीहरूलाई प्रशस्त आहार दिनुभयो र साथै तिमीहरूका हृदय आनन्दले परिपूर्ण पारिदिनु भयो।”
Nepali Tamang 2011
तसैनोन परमेश्‍वरसे ह्राङला दयामायाला गे लबा आख्‍लाना स्‍वर्गग्‍याम नाम ताइना लसी चबा स्‍हेगदे रोना लजी। ओच्‍छे ल्‍हानान चबा स्‍हेगदे पिन्‍सी म्‍हिगदेला सेम ताङ्ना लजी। चुनोन गेगदेसे परमेश्‍वरला साक्षी पिन्‍बा मुला।”