Acts 14:19 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि पिसिदिया क्षेत्रको एन्‍टिओखिया र आइकोनियन सहरबाट केही यहूदीहरू त्‍यहाँ आए। तिनीहरूले मानिसको हुललाई उक्‍साएर पावललाई ढुङ्गाले हिर्काएर मार्न लगाए अनि मर्‍यो भन्‍ने सम्‍झी उनलाई घिस्‍सार्दै लगेर सहरबाहिर फ्‍याँकिदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर कुनै-कुनै यहूदीहरू एन्‍टिओखिया र आइकोनियनबाट त्‍यहाँ आइपुगे, र भीड़लाई मनाएर पावललाई ढुङ्गा बर्साए, र तिनी मरे होलान्‌ भन्‍ठानेर सहरदेखि बाहिर घिस्‍स्‍याएर लगे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसै बेला एन्टिओखिया र आइकोनियमबाट केही यहूदीहरू त्यहाँ आइपुगे, र त्यस भीडलाई उक्साए। त्यस भीडले पावलमाथि ढुङ्गा बर्सायो। अनि तिनी मरेको ठानी तिनलाई घिसार्दै सहरबाहिर लगे।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि एन्टिओक र आइकोनियमाबाट केही यहूदीहरू आए। तिनीहरूले पावल र बर्णाबासको विरुद्ध मानिसहरूलाई भडकाए अनि त्यसैकारणले तिनीहरूले पावलमाथि ढुङ्गा होने र शहरदेखि बाहिर तानी निकाले । मानसिहरूले पावललाई मारियो भनी सोचे।
Nepali Tamang 2011
जमाहेन्‍से एन्‍टिओखियादेन आइकोनियन भिबा शहरग्‍याम कोइ कोइ यहूदीगदे थेरी धोखजी। थेनीगदेसे म्‍हिगदेदा थीसी युङबासे तोपुङ्‌जी। जमाहेन्‍से जम्‍मान म्‍हिगदेसे युङबासे तोजी, ओच्‍छे सिजी भिसी म्‍हन्‍सी थेनीगदेसे पावलदा डुइबान शहरग्‍याम मङग्‍यार भोर्जी।