Acts 14:27 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एन्‍टिओखियामा फर्केर आइपुगेपछि पावल र बारनाबासले मण्‍डलीका सबैलाई बोलाए। परमेश्‍वरले उनीहरूद्वारा कस्‍तो-कस्‍तो काम गर्नुभयो र उहाँले अरू जातिका मानिसहरूलाई पनि विश्‍वास गर्ने बाटो खोलिदिनुभयो भन्‍ने कुरा उनीहरूले तिनीहरूलाई सुनाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब तिनीहरू एन्‍टिओखियामा आइपुगे, तब मण्‍डलीलाई भेला गराए, अनि परमेश्‍वरले तिनीहरूका साथमा गर्नुभएका सबै कामको बयान गरे, र कसरी उहाँले अन्‍यजातिहरूका निम्‍ति विश्‍वासको ढोका खोलिदिनुभयो सो सुनाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यहाँ पुगेपछि तिनीहरूले मण्डलीलाई भेला गराएर परमेश्‍वरले तिनीहरूद्वारा गर्नुभएका सबै कामहरू र कसरी उहाँले गैरयहूदीहरूका निम्ति पनि विश्‍वासको ढोका खोलिदिनुभएको थियो, त्यो कुराको वर्णन गरे।
Nepali ERV (पवित्र बाइबल)
जब पावल र बर्णाबास त्यहाँ आईपुगे तिनीहरूले मण्डलीका सदस्यहरूको एउटा सभा बोलाए। परमेश्वरले तिनीहरूसंग जे गर्नु भयो सो वृतान्त तिनीहरूले विश्वासीहरूलाई बताइदिए। तिनीहरूले भने, “परमेश्वरले ढोका उघारिदिनु भयो ताकि अन्य जातिहरूले पनि विश्वास गर्न सकुन्!
Nepali Tamang 2011
एन्‍टिओखियारी धोखमाहेन्‍से पावलदेन बारनाबाससे मण्‍डलीला जम्‍मान म्‍हिगदेदा ङ्‌योइजी। ओच्‍छे परमेश्‍वर थेन्‍नीदेन छ्‌याम तसी लबा गेदेन अर्गु य्‍हुलला म्‍हिगदेसेनोन विश्‍वास लबारी खम्‍ला भिबा ताम थेनीगदेदा पाङ्सी पिन्‍जी।