Acts 14:3 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तापनि पावल र बारनाबास त्यस सहरमा निकै दिनसम्म बसे। तिनीहरूले आफ्नो भरोसा प्रभुमा राखेर प्रभुको पक्षमा साहससँग बोले। प्रभुले उनीहरूलाई अचम्म-अचम्मका काम गर्ने शक्ति दिँदै उनीहरूले बोलेको त्यो अनुग्रहको सन्देशलाई साँचो हो भनी प्रमाणित गरिदिनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
प्रभुको भरोसामा साहससँग बोल्दै धेरै समयसम्म पावल र बारनाबास त्यहाँ रहे। प्रभुले तिनीहरूका हातबाट चिन्हहरू र अचम्मका कामहरू गराईकन आफ्नो अनुग्रहका वचनको गवाही दिनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसकारण पावल र बारनाबास प्रभुका बारेमा निडरतापूर्वक बोल्दै धेरै समयसम्म त्यहीँ बसे। तिनीहरूलाई अलौकिक चिन्हहरू र अद्भुत कार्यहरू गर्न सामर्थ्य तुल्याएर प्रभुले पनि आफ्नो अनुग्रहको सन्देश साबित गर्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
तब पावल र बर्णाबास आइकोनियममा लामो समय सम्म बसे र प्रभुको विषयमा निडर भई प्रचार गरे। तिनीहरूले परमेश्वरको दयाको प्रचार गरे। अनि प्रभुले तिनीहरूलाई चमत्कारहरू र आश्चर्यमय कुराहरू गर्ने शक्ति दिनु भएर तिनीहरूका सन्देश प्रमाणित गर्नुभयो।
Nepali Tamang 2011
तसैनोन पावलदेन बारनाबास ल्हानान धिनधोना थेरीन चिजी। थेन्नीसे प्रभुथोरी विश्वास थान्सी आलोङ्नान ताम लजी। थेनीगदेग्याम प्रभुसे उदेकला चिनुगदेदेन गेगदे लसी ह्राङला दयामायाला बचन सत्य हिन्ना भिसी उन्जी।