Acts 15:1 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि कोही मानिसहरू यहूदिया क्षेत्रबाट आएर एन्टिओखिया सहरका दाजुभाइहरूलाई यसरी सिकाउन लागे, “मोशाले दिएका व्यवस्थाको रीतिअनुसार खतना नगरी तिमीहरूले मुक्ति पाउन सक्दैनौ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब कोही मानिसहरूले यहूदियाबाट एन्टिओखियामा आएर भाइहरूलाई यस्तो शिक्षा दिन लागे, “तिमीहरू मोशाको रीतिअनुसार खतना भएनौ भने त तिमीहरूको उद्धार हुन सक्नेछैन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहूदियाबाट केही मानिसहरू एन्टिओखिया आएर विश्वासीहरूलाई यसरी शिक्षा दिन थाले: “मोशाले सिकाएका रीतिअनुसार जबसम्म तिमीहरूको खतना हुँदैन, त्यस समयसम्म तिमीहरूको उद्धार हुन सक्दैन।”
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि कतिपय मानिसहरू यहूदियाबाट एन्टिओकमा आए। तिनीहरूले गैर- यहूदी दाज्यु-भाइहरूलाई शिक्षा दिन शूरू गरेः “मोशाको व्यवस्था अनुसार जब सम्म खतना हुदैनौ तबसम्म तिमीहरूको मुक्ति हुने छैन।”
Nepali Tamang 2011
यहूदियाग्याम एन्टिओखियारी खबा कोइ कोइ म्हिगदेसे येशूदा विश्वास लबा ज्योज्यो आले नाना आङागदेदा “एनीगदेसे मोशाला ठिम अन्छार खतना आलनी भिसम एनीगदेसे थार्बा आयाङ्” भिसी लोप्जी।