Acts 15:12 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस बेला सबै चुप लागे। पावल र बारनाबासले अरू जातिका मानिसहरूका बीचमा परमेश्‍वरले उनीहरूद्वारा गर्नुभएका अचम्‍मका कामहरूको बारेमा बताउँदा सबैले ध्‍यान दिएर सुनिरहे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब सभामा सबै चूप बसे, अनि अन्‍यजातिहरूका बीचमा परमेश्‍वरले तिनीहरूद्वारा कस्‍ता चिन्‍हहरू र आश्‍चर्यकर्महरू गर्नुभयो त्‍यसको बयान बारनाबास र पावलले गरे। उनीहरूले यो बयान सुने।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब बारनाबास र पावलले गैरयहूदीहरूका बीचमा परमेश्‍वरले उनीहरूद्वारा गर्नुभएका अलौकिक चिन्हहरू र अद्‌भुत कार्यहरू सुनाए, तब सबै भीड चुपचाप भयो।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि सम्पूर्ण दल नै शान्त भए। तिनीहरूले पावल र बर्णाबासको कुराहरू ध्यान दिएर सुने। पावल र बर्णाबासले तिनीहरूका माध्यम गैर-यहूदीहरू माझ परमेश्वरले गर्नु भएका जम्मै चमत्कारहरू र आश्चर्यजनक कामहरू बारे वृतान्त सुनाए।
Nepali Tamang 2011
पत्रुसला चुह्रङ्बा ताम थेःसी सभारी मुबा जम्‍मान म्‍हिगदे कुटिसी चिजी, ओच्‍छे अर्गु य्‍हुलला म्‍हिगदेला गुङरी परमेश्‍वरसे थेनीगदेग्‍याम खाह्रङ्बा उदेकला गेदेन चिनुगदे उन्‍बा ताम पावलदेन बारनाबाससे पाङ्‌मा थेनीगदे ङ्‌यान्‍सी चिजी।