Acts 15:2 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यस्तो प्रकारको शिक्षा सुनेर पावल र बारनाबासले तिनीहरूसँग धैरै तर्कवितर्क गरे। यसकारण त्यहाँका भाइहरूले पावल, बारनाबास र अरू कति जनालाई यस प्रश्नको फैसलाको निम्ति प्रेरितहरू र धर्म-गुरुहरूकहाँ यरूशलेममा पठाउने निर्णय गरे। उनीहरूले यरूशलेममा बस्ने प्रेरित र मण्डलीका अरू अगुवाहरूसँग कुरा गरेर त्यसको बारेमा टुँङ्गो लाउने आदेश पाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब पावल र बारनाबासको तिनीहरूसँग धेरै मतभेद र वाद-विवाद भएपछि, त्यहाँका भाइहरूले पावल र बारनाबास र अरू कति जनालाई यस प्रश्नको फैसलाको निम्ति प्रेरितहरू र एल्डरहरूकहाँ यरूशलेम जानलाई नियुक्त गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण तिनीहरूसँग पावल र बारनाबासको ठूलो मतभेद अनि वाद-विवाद भयो। तब यरूशलेम गई त्यहाँका प्रेरितहरू र प्रधानहरूसँग यस प्रश्नको टुङ्गो लगाउन पावल र बारनाबास केही अन्य विश्वासीका साथ नियुक्त गरिए।
Nepali ERV (पवित्र बाइबल)
पावल र बर्णाबास यस्तो शिक्षाको घोर विरोधी थिए अनि तिनीहरूले यस विषयमा ती मानिसहरूसंग बहश गरे। तब मणडलीले पावल, बर्णाबास र अन्य मानिसहरूलाई यरूशलेम पठाउने निर्णय लिए। ती मानिसहरू त्यस विषयमा प्रेतिहरू र अग्रजहरूसँग अझ बहश गर्न गए।
Nepali Tamang 2011
पावलदेन बारनाबासला ताम थेनीगदेदेन छ्याम आढिक्बासे लमा थेनीगदेसे ह्राङ ह्राङलान ताम थान्जी। थेतबासेलमा पावलदेन बारनाबास ओच्छे कोइ कोइ विश्वासीगदेदा चु ताम सल्लाह लबारी यरूशलेमरी मुबा मुल चेलागदेदेन मण्डलीदा च्याबा म्हिगदे मुबा ग्लारी पुइबाला लागिरी धम्जी।