Acts 15:20 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र त्‍यसमा उनीहरूलाई यी कुराहरूको जानकारी दिऔं— ‘मूर्तिलाई चढाएर अशुद्ध भएका खाना नखानू, व्‍यभिचारबाट अलग भएर बस्‍नू अनि घाँटी निमोठेर मारेको पशुको मासु नखानू र केहीको पनि रगत नपिउनू’।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिनीहरूलाई यी कुरा लेखिदिऔं, कि तिनीहरू मूर्तिपूजाको अशुद्धताबाट अलग्‍ग रहून्, व्‍यभिचारबाट, घोक्रो अँठ्याएर मारेको पशुको मासु र रगतबाट अलग्‍ग रहून्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसको साटो तिनीहरूका निम्ति हामीले लेखिदिनु पर्दछ: मूर्तिहरूलाई चढाइएका खानेकुराबाट, व्यभिचारबाट, घाँटी निमोठेर मारिएका पशुहरूको मासु खानबाट र रगतबाट अलग रहून्।
Nepali ERV (पवित्र बाइबल)
बरू हामीले तिनीहरूलाई यी कुराहरूमा बताउँदै एउटा चिट्ठी लेख्नु पर्छः मूर्तिलाई चढाएको चीजहरू नखाऊ। यसले खाद्य अशुद्ध पार्छ। कुनै व्यभिचार नगर्। रगत नखाऊ। निमोठेर मारिएका पशुहरू नखाऊ।
Nepali Tamang 2011
तर य्‍हाङसे थेनीगदेदा चुह्रङ् भिसी भ्रिसी पुइगे, ‘एनीगदेसे मूर्तिदा फुल्‍बा स्‍हे थाचउ। ओच्‍छे स्‍य्‍हान्‍दोदेन छ्‌याम ब्रेल्‍सी थाभ्रउ, ओच्‍छे खारे च्‍यार्सी साइबा जन्‍तुला स्‍या थाचउ, ओच्‍छे तिगैलान का थाचउ।’