Acts 15:21 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने मोशाले दिएको व्यवस्था त उहिलेदेखि नै विश्राम दिनैपिच्‍छे सभाघरहरूमा पढेर सुनाइएकोले उनको शिक्षा सहरैपिच्‍छेका मानिसहरूले पनि जानिसकेका छन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने अघिका पुस्‍तादेखि नै सहरैपिच्‍छे मोशाका व्‍यवस्‍थाको प्रचार भइरहेको छ, किनकि यो हरेक सभाघरमा हरेक शबाथमा पढिँदैछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि धेरै अगिदेखि प्रत्येक सहरमा मोशाको व्यवस्था प्रचार भएको छ, र हरेक शब्बाथमा त्यसलाई सभाघरहरूमा पढिँदैछ।”
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले त्यसो गर्नु हुँदैन किनभने त्यहाँ अझै त्यस्ता मानिसहरू छन् जसले मोशाको व्यवस्था सिकाउँछन्। मोशाको वचनहरू धेरै र्वष देखि प्रत्येक विश्रामको दिनमा सभाघरमा पढिन्दैछ।”
Nepali Tamang 2011
तिग्‍दा भिसम ङाच्‍छाला म्‍हिगदेला धुइहेन्‍सेन जम्‍मान शहररी मोशाला ठिमग्‍याम लो‍प्बान मुला, चु ठिम चा ब्‍लप्‍बा न्‍हबा धिनरी यहूदीगदे ह्रुप तबा दिमरी पढब लमुबा।”