Acts 15:22 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि प्रेरित र मण्डलीका धर्म-गुरुहरूले प्रभुमा विश्वास गर्ने सबै दाजुभाइहरूसँग मिलेर दुई जना मानिसलाई चुने। उनीहरूले ती दुई जनालाई पावल र बारनाबासको साथ लगाएर एन्टिओखिया सहरमा पठाउने निश्चय गरे। ती छानिएका दुई जना मानिस बारसाबास भनिने यहूदा र सिलास थिए। प्रभुमा विश्वास गर्ने सबै दाजुभाइहरूमा ती दुई भाइ अगुवा थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब प्रेरितहरू, एल्डरहरू र सम्पूर्ण मण्डलीले मिलेर आफ्ना बीचबाट कतिपय मानिसहरूलाई चुनेर पावल र बारनाबाससँग एन्टिओखियामा पठाउन उचित ठाने, र भाइहरूमध्ये मुख्य मानिसहरू, यहूदा भनिने बारसाबास र सिलासलाई चुने
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि प्रेरितहरू र प्रधानहरू लगायत, सम्पूर्ण मण्डलीले आफूहरूमध्येबाट केही मानिसहरूलाई पावल र बारनाबासको साथ एन्टिओखियामा पठाउने निर्णय गरे। तिनीहरूले बर्साबास भनिने यहूदा र सिलासलाई चुने, जो तिनीहरूका अगुवा थिए।
Nepali ERV (पवित्र बाइबल)
तब प्रेरितहरू, अग्रजहरू र समस्त मण्डलीले निर्णय लिए कि पावल र बर्णाबासको साथमा आफ्नै केही मानिसहरू एन्टिओकमा पठाउने। तिनीहरूले यहूदा जसलाई बर्णाबास पनि भनिन्छ र सिलासलाई छाने। ती मानिसहरूलाई यरूशलेमका दाज्यु-भाइहरूले खुबै सम्मान गर्थे।
Nepali Tamang 2011
जमाहेन्से मुल चेलागदेदेन मण्डलीदा च्याबा म्हिगदे ओच्छे जम्मान मण्डली ढिक्सी ह्राङ न्हङला कोइ कोइ म्हिगदेदा धम्सी पावलदेन बारनाबासदा छ्यामनोन एन्टिओखियारी पुइबा ज्यबा तला भिसी म्हन्जी। ओच्छे विश्वासीगदे न्हङला मुल म्हिगदे यहूदा भिबा बारसाबासदेन सिलासदा धम्जी।