Acts 15:3 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मण्डलीका दाजुभाइ र दिदी-बहिनीहरूले तिनीहरूलाई यात्रामा जानको लागि सहायता दिएर पठाए। तिनीहरू फोनिके र सामरिया क्षेत्रहरूबाट गए। यसरी जाँदाजाँदै तिनीहरूले ठाउँ-ठाउँमा भएका प्रभुमा विश्वास गर्ने दाजुभाइहरूलाई अन्य-जातिहरूले पनि विश्वास गरेका छन् भन्ने कुरा सुनाए। यो कुरा सुनेर ती दाजुभाइहरू धेरै खुसी भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मण्डलीका सदस्यहरूले तिनीहरूलाई त्यहाँबाट बिदा दिए। तिनीहरू फोनिके र सामरियाबाट भएर जाँदा अन्यजातिहरूले प्रभुलाई ग्रहण गरेको कुरा तिनीहरूलाई सविस्तार सुनाए। यस खबरले त्यहाँका भाइहरू अत्यन्तै आनन्दित भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मण्डलीले तिनीहरूलाई त्यसरी पठाएपछि जब तिनीहरू फोनिके र सामरियाको बाटोहुँदै यात्रा गरिरहेका थिए, तब तिनीहरूले कसरी गैरयहूदीहरू प्रभुको बाटोमा फर्किएका थिए, सो सविस्तार सुनाए। त्यो खबरले सबै विश्वासीहरू प्रसन्न भए।
Nepali ERV (पवित्र बाइबल)
उनीहरूको यात्रालाई मण्डलीले सहयोग गरयो। तिनीहरू फोनिसिया र सामरिया भएर गए। ती देशहरूमा तिनीहरूले कसरी गैर-यहूदी मानिसहरू सत्य परमेश्वरतर्फ मोडीए भनेर बताए। यो खबरले सबै दाज्यू-भाइहरूलाई खुबै आनन्द तुल्यायो।
Nepali Tamang 2011
जमाहेन्से मण्डलीला म्हिगदेसे थेनीगदेदा थे ग्याम पुइजी। थेनीगदे फोनिकेदेन सामरियाग्याम तबान निबा धुइरी स्याप्बा विश्वासीगदेदा अर्गु य्हुलला म्हिगदेसेनोन प्रभुदा विश्वास लजी भिबा ताम पाङ्जी। चु ताम थेःसी थेरी मुबा विश्वासीगदे ल्हानान ताङ्जी।